७५ प्रतिशत छात्रवृत्तिका लागि छनोट



नेपाल समाचारपत्र, काठमाडौं।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ ले व्यवस्था गरेबमोजिम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अधिकार पाएको छोटो समयमै पहिलो चरणको ७५ प्रतिशत छात्रवृत्ति पाउनेको नामावाली सार्वजनिक गरेको छ।

मंगलबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको निर्णयअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० जना नर्स र बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका बीडीएसतर्फका ३८ जना चिकित्सा शिक्षाका विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्तिमा अध्ययनका लागि पूर्व मनोनयन सूची सार्वजनिक गरेको हो।

मन्त्रालयले सार्वजनिक गरेअनुसार पाटन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बीएससी नर्सिङ र बीडीएसमा छात्रवृत्तिमा अध्ययन गर्न निवेदन दिएकामध्ये पूर्वमनोनयनमा विद्यार्थीले सक्कल प्रमाणसहित मन्त्रालयको छात्रवृत्ति शाखामा मंसिर २९ गतेसम्म छनोटमा परेका विद्यार्थी स्वयम्ले सम्पर्क गरिसक्नुपर्ने जनाएको छ।
मन्त्रालयका छात्रवृत्ति शाखाले पूर्वमनोनयमा कसैको दाबी विरोध भएमा उम्मेदवार आज बिहीबारसम्ममा निवेदन दिनुपर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्