रसुवाका तिनसय किशोरी चिनको केरुङमा



सरस्वती न्यौपाने, रसुवा ।

रसुवागढी नाका भुकम्पपछि एकमात्र नाकाको रुपमा चर्चा भइरहेका कारण नेपालीको आकर्षणको केन्द्र बनेको छ ।

चिनको केरुङ माइति नेपाल रसुवाको तथ्याङ्क अनुसार रसुवाका तिन सय किशोरी चिनको केरुङमा विभिन्न काम गर्न गएका छन । सीमा क्षेत्रका नेपालीलाई चिनको केरुङ प्रवेश गर्न खर्च कम, राहदानी बनाउन नपर्ने, झन्झट कम हुने र प्रसस्त कमाई हुने भएका कारण यार्सा, राम्चे, सरमथली, हाकु, थुमन, डाँडागाउँ लगाएतका ठाउँहरुबाट बढी किशोरी केरुङ पुगेका छन् ।

४४ जना २० वर्ष भन्दा कम उमेरका किशोरी लाई परामर्श दिइ केरुङ जान रोक लगाइएको छ । उमेर पुगेका लाई कुनै रोक लगाइएको माइति नेपाल रसुवाको जिल्ला संयोजक लालु माया घलेले बताइन ।

छ सय २९ उमेर पुगेका किशोरीलाई रसुवागढी नाकामा परामर्श दिइ रहेको छ । तीन सय ३८ किशोरी ओहोर–दोहोर गरिरहेका छन । ३ सय ३८ किशोरी ओहोर दोहोर गरिरहेका छन प्राय जसो चोर बाटो अपनाएर पनि जाने गरेकाले त्यसको तथ्याङ्क भने छैन । केरुङ पुगेर काम गर्ने करिव ३ सय जना किशोरी रसुवाकै छन ।

केरुङ पुगेका प्रायः किशोरीहरु होटल, डान्सबार तथा रेष्टुरेन्टमा काम गर्छन । ति मध्ये नेपाली महिला असुरक्षित हुने गरेका छन । भने कक्षा ८ देखि १२ कक्षा पढ्ने किशोरीहरु छन् । केरुङमा २५ वटा भट्टी पसल, ४ सयवटा होटल र ३ वटा डान्सबार छन् । केरुङमा महिनाको १५ हजार देखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको त्यही काम गर्ने किशोरीहरु बताउँछन् ।

पहिले भारतका कोठीहरुमा बेचिन्थे भन्ने सुनिन्थ्यो तर खुलेआम केरुङ पुगेका अधिकांश किशोरीहरु जोखिममा रहेका छन । भने देह व्यापारमा समेत लगाइने गरेको त्यहाँका एक व्यवसायीकले बताए ।

माइति नेपाल रसुवाले पनि टिमुरे स्थित रसुवागढी नाकामा नै परामर्श डेष्ट राखि आफ्नो तर्फबाट सक्दो काम गरिरहेको बतायो ।

जिल्ला प्रशासन कार्यालय प्रहरी कार्यालयको सहयोगमा माइति नेपाल ले यस्ता किसिमका कामहरु जनचेतनामुलक कामहरु जिल्ला, वडा, हरेक, टोल, मा चेतना मुलक कामहरु भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्