हराएका १ सय ५२ मोबाइल धनीलाई बुझाइयो



न्युज अफ नेपाल, हेटौंडा ।

प्रहरीले पछिल्लो समय ३१ वटा मोबाइल फेला पारेर धनीलाई बुझाएको छ । करिब ९ महिना अवधिमा जिल्ला प्रहरी कार्यालयबाट १ सय ५२ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइसकेको छ ।

विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मोबाइल हराएको भनी दिइएका निबेदनका सम्बन्धमा उपलब्ध स्रोतसाधन प्रयोग गरी खोजतलास तथा अनुसन्धान गरी प्रहरीले विषेशरुपमा खोजतलास गरेको हो ।

ती मोबाइल १२ हजारदेखि १ लाखसम्म मूल्य पर्ने बताइएको छ । ती मोबाइलको कुल मूल्य करिब ९ लाख ९३ हजार पर्ने प्रहरीको दाबी छ । मोबाइल पत्ता लगाएर सम्बन्धित धनीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बोलाएर जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्