करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ  



न्युज अफ नेपाल, सप्तरी ।
एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा बुधबार वडाध्यक्ष पक्राउ परेका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उहाँलाई पक्राउ गरि अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्