लघुवित्त कम्पनीहरूद्वारा लगानीकर्तालाई उच्च लाभांश



नेपाल समाचारपत्र, काठमाडौं।

लघुवित्त वित्तीय कम्पनीहरूले धमाधम लाभांश दिइरहेका छन्। गत आर्थिक वर्षको नाफाबाट लघुवित्त कम्पनीले दिएको नाफा अन्य वर्गका कम्पनीको तुलाना उच्च रहेको छ। ग्रामीण क्षेत्रका विपन्न वर्गका जनतालाई वित्तीय पहुँच पुर्याउने उद्देश्यले खोलिएका लघुवित्त कम्पनीको नाफा उच्च रहेकाले लगानीकर्तालाई पनि प्रतिफल उच्च नै प्राप्त भएको हो।

ग्रामीण क्षेत्रका विपन्न वर्गका जनतालाई वित्तीय पहुँच पुर्याउने उद्देश्यले खोलिएका लघुवित्त कम्पनीको नाफा उच्च रहेकाले लगानीकर्तालाई पनि प्रतिफल उच्च नै प्राप्त भएको हो।

लघुवित्त वित्तीय कम्पनीहरूमध्ये हालसम्म सबैभन्दा धेरै लाभांश नेसनल लघुवित्त वित्तीय संस्थाले दिने भएको छ। संस्थाले शेयरधनीलाई दिने ८० प्रतिशत लाभांशमध्ये ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश रहेछ। यस्तै, मिर्मिरे लघुवित्त वित्तीय कम्पनीले शेयरधनीहरूलाई दिने ४७ दशमलव ३७ प्रतिशत लाभांशमध्ये ४५ प्रतिशत बोनस र २ दशमलव ३७ प्रतिशत नगद लाभांश रहेको छ।

सूर्योदय लघुवित्त वित्तीय कम्पनीले कुल ४६ दशमलव ८२ प्रतिशत लाभांशमध्ये ४४ दशमलव ४८ प्रतिशत बोनस शेयर र २ दशमलव ३४ प्रतिशत नगद लाभांश छ।
यसैगरी फरवार्ड लघुवित्त वित्तीय कम्पनीले ४५ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीले ३२ दशमलव ५० प्रतिशत बोनस लाभांश र १२ दशमलव ५० प्रतिशत नगद लाभांश रहेको। छिमेक लुघुवित्त वित्तीय कम्पनीले ४४ दशमलव ३४ प्रतिशत लाभांशमध्ये २७ दशमलव १२ प्रतिशत बोनस शेयर र १७ दशमलव २२ प्रतिशत नगद लाभांश रहेको हो।

यसैगरी उन्नती लघुवित्त वित्तीय कम्पनीले ४० दशमलव ६३ प्रतिशत लाभांशमध्ये २७ दशमलव १२ प्रतिशत बोनस शेयर र १७ दशमलव २२ प्रतिशत नगद लाभांश रहेको छ। निर्धन लघुवित्त वित्तीय संस्थाको ४० दशमलव ५३ प्रतिशत लाभांशमध्ये २५ प्रतिशत बोनस र १५ दशमलव ५३ प्रतिशत नगद लाभांश आफ्ना शेयरधनीलाई वितरण गर्न लागेको हो।

स्वावलम्बन लघुवित्त वित्तीय कम्पनीले ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यस कम्पनीले २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको हो। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ३६ दशमलव ८४ प्रतिशत लाभांश घोषणा गरेको छ। यस कम्पनीले ३५ प्रतिशत बोनस र १ दशमलव ८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

यसैगरी सामुदायिक लघुवित्त वित्तीय संस्थाले कुल ३६ दशमलव २६ प्रतिशत लाभांश घोषणा गरेको छ। यस कम्पनीले ३४ दशमलव ४५ प्रतिशत बोनस र १ दशमलव ८१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। स्वदेशी लघुवित्त वित्तीय संस्थाले ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

कम्पनीले २० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो। मेरो लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव ८१ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले ३० प्रतिशत बोनस र १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।

यसैगरी समता लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव ५८ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले १५ प्रतिशत बोनस र १६ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो। माहुली लघुवित्त वित्तीय संस्थाले कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्न लागेको छ।

कम्पनीले कुल २० प्रतिशत बोनस र ११ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो। साना किसान लघुवित्त वित्तीय संस्थाले २८ दशमलव ६८ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले २७ दशमलव २५ प्रतिशत बोनस र १ दशमलव ४३ प्रतिशत नगद लाभांश दिन लागेको हो।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २६ दशमलव ७५ प्रतिशत बोनस र १ दशमलव ४१ प्रतिशत नगद लाभांश गरी कुल २८ दशमलव १६ प्रतिशत लाभांश घोषणा गरेको छ। यसैगरी नागवेली लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत बोनस र १ दशमलव ३७ प्रतिशत नगद गरी कुल २७ दशमलव ३७ प्रतिशत लाभांश घोषणा गरेको छ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस र ११ दशमलव ३२ प्रतिशत नगद गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २४ प्रतिशत बोनस र १ दशमलव २७ प्रतिशत नगद गरी कुल २५ दशमलव २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। आरएमडीसी लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ५० प्रतिशत बोनस र १२ दशमलव ५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्