सुकी हेग अदालतमा



द हेग, (एजेन्सी)।

नोबेल शान्ति पुरस्कारबाट सम्मानित आङ सान सुकी मंगलबार संयुक्त राष्ट्रको उच्च न्यायलयमा पुगेकी छिन्। उनले त्यहाँ म्यान्मारमा भएको रोहिंग्या मुसलमानहरूको नरसंहारको आरोपलाई लिएर आफैंले देशका तर्फबाट पैरवी गर्नेछिन्।

म्यानमारको परम्परागत परिधान लगाएकी नागरिक नेताले त्यहाँ उपस्थित सञ्चार माध्यमसँग कुनै अन्तरक्रिया गरिनन्। गाडीबाट बाहिर निस्कँदै उनी द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयको परिसरमा सरासर छिरेको बताइएको छ। म्यान्मार सेनाको कारबाहीमा हजारौं रोहिंग्या मुसलमान मारिएको र लाखौं संख्यामा विस्थापित भई बंगलादेश पलायन भएका थिए।

प्रतिक्रिया दिनुहोस्