विमान बेपत्ता



सान्टियागो, (एजेन्सी)।

अन्टार्कटिका गइरहेको चिलीको एक सैन्य विमान बेपत्ता भएको छ। विमानमा ३८ जना सवार रहेको बताइएको छ। हरक्युलस सी १३० विमान सोमबार साँझ करिब ५ बजे एरिनासबाट चेबुन्को एयरबेसबाट उडान भरेको र साँझ करिब ६ बजे विमानसँगको रेडियो सम्पर्क टुटेको थियो।

विमान दक्षिणी शहर पुन्टा एरिनासबाट अन्टार्कटिकाको एडुआर्डो फ्रेइ मोन्टाल्वा एयर बेसका लागि उडानमा रहेको सिन्ह्वाले जनाएको छ। विमानले ७ सय ७० माइलमा ४ सय ५० माइलको यात्रा पुरा गरिसकेको र त्यतिबेला विमान डे«क जलमार्गको सीमाभित्र रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्