के बालविवाह गराउन बनाएको हो सुरक्षा निकाय ?



१८ वर्षका बेहुला र १६ वर्षीया बेहुली दुवै नेपालको कानुनअनुसार विवाहका लागि अयोग्य छन्। बालविवाह गर्नेलाई कानुनले कारबाहीको व्यवस्था गरेको छ। तर, प्रहरीकै सुरक्षामा बालविवाह हुँदा पनि हेरी बसेको ? के यस्ता प्रहरीले सीमाको सुरक्षा गर्लान्, के यस्ता प्रहरीले नेपालको कानुनको रक्षा गर्लान् ?

यो गम्भीर प्रश्न हो सरकार। उमेर नपुगेका केटा वा केटीको धेरै विवाह धनुषा प्रहरीले पनि रोकेको दाबी गर्छ। तर, बल्हासघाराको त्यो विवाहमा हेलीकै पछाडि लागेर दुई सुरक्षा निकायका प्रहरी पनि मुकदर्शक बन्न पुगेपछि मेरो मन थामिएन सरकार।

के बालविवाह गर्नका लागि सुरक्षा निकाय बनाएको हो ? यसको रोकथाममा पो लाग्नुपर्छ त। यो विषयले राष्ट्रिय बहस लिएको छ। बेहुला सम्साद भर्खरै जनकपुरस्थित मोडेल मल्टिपल कलेजबाट १२ कक्षाको परीक्षा दिएर बसेका हुन् भने बेहुली गाउँकै विद्यालयमा १० कक्षामा अध्ययनरत छात्रा हुन्।

बालविवाहको घटना सार्वजनिक भएपछि कानुनी झमेला पर्ने डरले केटीको जन्मदर्ता सच्याइएको आशंका गरिएको छ। तर यसको तथ्य छानबिन गर्नुपर्छ भन्ने मेरो माग हो।

– मनोज चौधरी, धनुषा।

प्रतिक्रिया दिनुहोस्