रोशन र आस्था मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चल



सुदूरपश्चिमाञ्चलमा सौन्दर्य स्पर्धा कमै हुन्छन्। यसैबीच अप इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा धनगढीमा हालै सम्पन्न मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको उपाधि रोशन खत्री र आस्था पाण्डेयले जितेका छन्।

मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको फाइनल कार्यक्रममा खत्री र पाण्डेयले मुख्य उपाधि जितेका हुन्। कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा भएको प्रतियोगितामा महिलातर्फ आरती ओझा फस्ट रनर्सअप र अनामिका न्यौपाने सेकेन्ड रनर्सअप भए भने पुरुषतर्फ साहिल खड्का फस्ट रनर्सअप र हेमसागर मल्ल सेकेन्ड रनर्सअप भए।

प्रतियोगितामा अभिनेता आर्यन सिग्देल, पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल, अलिजा महर्जन, अश्विनी झा, निशु झा र पुष्कर ओझा निर्णायक रहेका थिए। मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको यो पाँचौं संस्करण हो।

 

प्रतिक्रिया दिनुहोस्