दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु



न्युज अफ नेपाल, हेटौंडा ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री महिलाकोको मृत्यु भएको छ।

वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले मंगलबार राति ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा हेटौंडा अस्पतालमा राति १० बजे मुत्यु भएको  प्रहरीले जनाएकाे छ। मृतकको पहिचान खुल्न सकेको छैन ।

त्यसैगरी उक्त दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको पर्सागढी नगरपालिका–५ का करिब ३० वर्षका कञ्चन ठाकुर र मोटरसामइकलमा सवार चितवनको भरतपुर महानगरपालिका–१० की ३५ वर्षीया सर्मीला थापा मगर घाइते भएका छन्। उनीहरुको चुरेहिल अस्पतालका उपचार भइरहेको प्रहरीले जनाएको छ।

यस्तै मकवानपुरगढी गाउँपालिकामा टिपरको ठक्करबाट अर्का एक जनाको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका-४ मा भएको दुर्घटना परी सोही ठाउँका दीपक रुम्बाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बा ४ ख ६३५५ नम्बरको टिपरले रुम्बालाई ठक्कर दिएपछि चलक फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्