दश लाख रुपैयाँ घुससहित दुई इन्जिनियर रङ्गेहात पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको बानेश्वरबाट दुई इन्जिनियर घुस लिँदालिँदै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठ रहेका छन् ।

काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै करिब दश लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्