सडक विस्तारको माग गर्र्दै प्रदर्शन



नेपाल समाचारपत्र, वीरगन्ज।
सडक विस्तारको माग गर्दै सोमबार वीरगन्ज विकास युवा संर्घष समितिले प्रर्दशन गरेको छ। मुख्य सडक विस्तारमा षड्यन्त्र भएको भन्दै समितिले सोमबार पुनः वीरगन्जमा प्रर्दशन गरेको हो।
संघर्ष समितिको पूर्वनिर्धारित विरोधको कार्यक्रमअन्तर्गत वीरगन्जमा विरोध र्याली तथा धर्ना दिइएको संघर्ष समितिका सचिव सन्दीप विक्रम साहले बताउनुभयो।
वीरगन्जको घण्टाघरबाट शुरू भएको विरोध र्याली वीरगन्ज महानगरपालिकाको कार्यलयमा पुगी धर्नामा परिणत भएको थियो। महानगर कार्यालयको मुल गेटमा प्रदर्शनकारीहरू एक घण्टा धर्ना बसेका थिए।
यस मुद्दाको पेसी सर्वोच्च अदालतमा पाँचपटक सरेका कारण त्यसभित्र ठूलो आर्थिक चलखेल भएको संर्घष समितिको आरोप छ।
वीरगन्ज नगरको सडक चौडा गर्ने विषयमा करिब एक दशकदेखि आवाज उठ्दै आएको र बेलाबेलामा वीरगन्ज महानगरपालिकाले प्रयास गरेको भए पनि त्यो सफल भएको छैन। पछिल्लोपटक घरधनीहरूले सर्वोच्चमा मुद्दा दायर गरेपछि सर्वोच्चबाट अन्तरिम आदेश जारी भएको हो।

प्रतिक्रिया दिनुहोस्