टाटा थ्रीएस वर्कशप हेटौंडामा सञ्चालन



नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले हेटौंडाको बसामाडीमा थ्रीएस वर्कशप सञ्चालनमा ल्याएको छ। सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले संयुक्त रूपमा सो वर्कशपको उद्घाटन गर्नुभयो।

उक्त समुद्घाटन समारोहमा टाटा मोटर्सको कमर्सियल भेइकल अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी कम्पनीजका प्रमुख कार्यसञ्चालन अधिकृत राजेश प्रसाद गिरी, सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलियालगायतको पनि उपस्थिति थियो।

उक्त कार्यक्रममा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले टाटा मोटर्सले बिक्रीपछिको सेवा (आप्टर सेल्स सर्भिस) लाई ठूलो प्राथमिकता दिने जनाउँदै सर्भिस सेन्टर सञ्जाल थप बिस्तार गरिएको प्रति खुशी व्यक्त गर्नुभयो।

उहाँले अटोमोबाइल इन्डष्ट्रिजको भविष्य भनेको नै ग्राहकको खुशी भएकोप्रति जोड दिनुभयो। त्यस्तै सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले निरन्तर सहयोगका लागि ग्राहकहरू, कर्मचारीहरू तथा टाटा मोटर्स लिमिटेड प्रति आभार व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्