प्याज उपहार



नयाँ दिल्ली, (एजेन्सी)।

भारतको तमिलनाडु राज्यको कुड्डालोर शहरमा एक नवविवाहित लाई जोडीलाई विवाहको उपहारस्वरूप आफन्तले साढे दुई किलो प्याज दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

नवविवाहित दम्पती शाहुल र सबरिनाले सो उपहार पाउँदा एकछिन आफूहरू छक्क परेका बताएका छन्। सो विवाह भोजमा उपहारमा दिइएको प्याजको निकै चर्चा भएको थियोे।

आजकाल उक्त राज्यमा प्याजको मूल्य बढेर २ सय भारु प्रतिकिलो पुगेको छ। शाहुलका अनुसार यो उपहार उनका ६ जना साथीले सामूहिकरूपमा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्