ट्रम्प ‘अबुझ र चाकडी मनपराउने’ व्यक्ती भएको उत्तर कोरियाको आरोप



सोल, (एजेन्सी)।

उत्तर कोरियाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘अबुझ तथा चाकडी मनपराउन’ व्यक्ति भएको बताउँदै पुन एक पटक निसाना बनाएको छ। यसअघि ट्रम्पले ट्विटमा शत्रुतापूर्ण क्रियाकलाप र अमेरिकी राष्ट्रपति चुनावलाई प्रभावित पारी उत्तर कोरियाका नेता किम जोङ उन दुई नेताबीचको विशेषसम्बन्ध त्याग्न चाहँदैन भन्ने लेखेका थिए।

उत्तर कोरियाका वरिष्ठ अधिकारी तथा पूर्वपरमाणु वार्ताकार किम यङ चोलले एक बयानमा उनको देशले केही पनि गुमाउन नपर्ने भएकोले अमेरिकाको दवाव सामु घँुडा नटेक्ने बताएका थिए। उनले ट्रम्प प्रशासनमाथि परमाणु वार्ता जोगाउन किम जोङ उनद्वारा निर्धारित वर्ष भरिएको समयसीमा अघि थप समय पाउने प्रयत्न गरेको आरोप लगाए।

गत फेबु्रअरीमा भियतनाममा ट्रम्प र किम जोङ उनबीच वार्ता टुटेपछि उनीहरूबीचको परमाणु वार्ताको भविष्य अनिश्चित बनेको थियो। अमेरिकी पक्षले उत्तर कोरियाद्वारा आफ्ना केही परमाणु कार्यक्रम परित्याग गर्ने र त्यसको बदलामा आफूमाथिको प्रतिबन्ध खुकुलो पार्ने माग अस्वीकार गरेको थियो।

प्रतिबन्ध खुकुलो गर्ने विषयमा विवाद भएपछि भियतनाम वार्ताबीचैमा भाँडिएको थियो। उत्तर कोरियाली नेता किमले अमेरिका आफ्नो प्रतिबन्ध र दवाव जारी राख्छ भने उत्तर कोरियाले नयाँ मार्ग खोज्ने बताएका थिए। उनले ट्रम्प प्रशासनका लागि परस्पर स्वीकार्य सम्झौता गर्न समयसीमा जारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्