समलिंगी जोडीको सामूहिक गर्भबाट बच्चाको जन्म



लन्डन, (एजेन्सी)।

बेलायतमा पहिलो पटक महिला समलिंगी जोडीले एउटै बच्चालाई आफ्नो गर्भमा राखे। ‘सेयर्ड मदरहुड’ प्रक्रियाअन्तर्गत बेलायतमा भएको यो पहिलो घटना हो।
बेलायतका जोडी जेस्मिन र डोना फ्रान्सिस स्मिथको पहिलो बच्चा ओटिसको जन्म २ महिनाअघि भएको हो।

बच्चाको जन्म ‘इनविवो नेचुरल फर्टिलाइजेसन‘ प्रक्रियाबाट भएको थियो। यो प्रक्रियामा अन्डालाई आमाको शरीरभित्रै प्रत्यारोपित गरिन्छ। त्यसको विपरीत आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन‘ मा यो प्रक्रिया शरीरको बाहिर हुने गर्छ।
एनविवो प्रक्रियाको शुरुआत स्विस प्रविधि कम्पनी एनाकोवले गरेकी हुन्।

लन्डनको एक क्लिनिकमा यसको सफलतापूर्वक प्रयोग गरिएको छ। यो प्रक्रियामा अन्डालाई जैविक आमाको शरीरमा एक क्याप्सुलको माध्यमबाट पुर्याइएको थियो, जसमा आमाको गर्भमा अन्डा पुर्याइयो।

आमाको गर्भको उक्त अन्डा सफलतापूर्वक प्रत्यारोपित भएपछि एक आमाको शरीरबाट त्यसलाई निकालेर अर्को आमाको गर्भमा राखियो। जसको कोखबाट बच्चा जन्माइएको थियो।

नटिगसरकी निवासी डोनाले महिला समलिंगी जोडीका रूपमा आपूm उक्त गर्भधारणबाट अत्यन्त खुसी भएको बताइन्। ‘जस्मिन र मलाई जुन प्रकारको चासो भइरहेको छ त्यो हाम्रोलागि अत्यन्त उत्साहजनक छ।

सामान्यरूपमा समलिंगी जोडीको गर्भधारणमा जोडीमध्ये एक महिला मात्र गर्भधारण हुन्छ। अर्को महिला यो प्रक्रियामा समावेश नै हुँदैन। हाम्रो गर्भधारणमा हामी दुवै यसको हिस्सा भएकोले अन्यभन्दा यो फरक छ।

अन्डा पहिलो १८ घन्टा मेरो गर्भमा रह्यो र त्यसपछि जेस्मिनको गर्भमा राखियो।
जेस्मिनले बच्चाको जन्मबाट आफू अत्यन्त खुसी भएको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्