डीपीले ल्याए रोएको पल



नेपाली गीतसंगीतको बजारमा अर्को एक मेलोडियस आधुनिक गीत थपिएको छ। मायाप्रेममा आउने उतारचढावलाई गीतको माध्यमबाट प्रस्तुत गरिएको म रोएको पल बोलको गीतमा मार्मिक शब्द समावेश रहेको छ। मन मिल्दा सँगै बाँच्ने र मर्ने कसम खाएका प्रेमीहरू मन नमिलेपछि कसरी बदलिन्छन् भन्ने यथार्थ चित्रण गीतले गरेको छ।

म रोएको पल तिमी हाँसे पनि
गर्दिनँ कुनै गुनासो तिम्रो मर्जी

सुमन केसीको स्वर रहेको गीतमा डीपी दाहाल ‘परिश्रमी’को रचना छ। राजेश कैदीको संगीत रहेको गीत गीतकार परिश्रमीले एकपछि अर्को मीठा गीत पस्किने क्रममा सार्वजनिक गरेका हुन्। उनले यो गीतमा पनि गहिरा शब्द चयन गरेका छन्।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। यशराज, फिजा योन्जन, सुदीप भट्टराईलगायतको अभिनय रहेको भिडियोमा कमल राईले कोरियोग्राफी गरेका छन्। भिडियोमा शिव ढकालको छायांकन रहेको छ भने गीत डीपी दाहाल ‘परिश्रमी’को युट्युब एकाउन्टबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्