नेपाल मेडिसिटीद्वारा पाठेघरको जाँच



जनकपुरमा आयोजित वाउ फेस्टिभलको मेडिकल पार्टनर नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले मिथिलाका महिलाहरूको पाठेघरको जाँच गरेको छ।
मंसिर २० र २१ मा आयोजना गरिएको वाउ अर्थात् विश्वका महिलाहरू नाम दिइएको फेस्टिभलमा स्वास्थ्यसँगै विभिन्न विधामा अन्तत्र्रिmया, विचार गोष्ठी, सडक नाटकसमेत प्रस्तुत गरिएको थियो।

नेपाल मेडिसिटीको मोबाइल क्लिनिकसहितको चिकित्सकीय टोलीले महिलाहरूलाई स्तन क्यान्सर, पाठेघर तथा आङ खस्ने समस्या र पाठेघरको मुखको क्यान्सरबारे मैथिली भाषामा जनचेतनामूलक सामग्री प्रस्तुत गरेका छन्।

करिब १ सय महिलाहरूको पाठेघरको मुख जाँच गरी क्यान्सरको लक्षण रहेको या नरहेको भन्नेबारे परीक्षण गरिएकोमा केहीमा क्यान्सरको सम्भावना देखिएको मेडिकल टिमको प्रतिक्रिया रहेको छ।

नजिकको अस्पतालमा थप जाँचका लागि परामर्श गरिएको नेपाल मेडिसिटी अस्पतालको स्त्री तथा प्रसूति रोग विभागकी डा. यास्मिन पर्विनले बताउनुभएको छ। उहाँका अनुसार आफ्नो स्वास्थ्यका बारेमा महिलाहरू पहिलेभन्दा धेरै सजग रहेको र जाँचका लागि राम्रो संख्यामा उपस्थित भएका छन्।

नेपाल मेडिसिटी अस्पतालले देशका विभिन्न स्थानमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै निःशुल्क परामर्श शिविरको आयोजना गर्दै आएको छ। विभिन्न संस्था, स्थानीय निकाय तथा जनतासँगको सहकार्यमा यस किसिमको शिविर आयोजना गर्दै जाने इच्छा राखेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनुभएको छ

प्रतिक्रिया दिनुहोस्