वर्ल्डकबको शिखर पुरस्कारबाट नर्भिक सम्मानित



नर्भिक इन्टरनेसनल हस्पिटललाई हालै मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वर्ल्ड कन्फडेरेसन अफ बिजिनेसेसद्वारा सफलताको शिखर प्रदान गरिएको छ। उक्त सम्मान मलेसियाको क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोहका बीच नर्भिकलाई प्रदान गरिएको हो।

उक्त सम्मान केवल वर्ल्डकबका विगतका समारोहमा अर्थात् द बिज् सम्मान समारोहमा सम्मानित र पुरस्कृत भएका संघसंस्था, जो विगतको सम्मानपश्चात् पनि आफ्नो उत्कृष्टता कायमै राख्न सफल हुन्छन्, तिनलाई मात्रै प्राप्त हुने गर्दछ।

उक्त समारोहमा नर्भिकलाई वर्ल्डकब परिवारको प्लेटिनम मेम्बरसमेत प्रदान गरियो। वर्ल्डकबले नर्भिकलाई आगामी दिनमा यसको सेवाका स्तरलाई उकास्न भरमग्दुर र निरन्तर प्रयास गर्ने प्रतिबद्धतासमेत दोहोर्याएको छ। नवीनतम प्रविधिका क्षेत्रमा नर्भिकलाई सहयोग गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा विकसित पार्न हरसम्भव उपायहरूको अवलम्बन गरिनेसमेत बताएको छ।

उक्त पुरस्कार/सम्मानका अलावा नर्भिकलाई स्वास्थ्य सेवामा विश्व व्यावसायिक नेतृत्व नामक सम्मानका साथ यसलाई ठूलो प्रेरणादायी संस्थाका रूपमा समेत सम्मान गरिएको थियो। वर्ल्डकबका तर्फबाट मलेसियका लागि नेपालका राजदूत उदयराज पाण्डेले एक विशेष समारोहबीच उक्त पुरस्कार तथा सम्मान नर्भिकका पदाधिकारीलाई प्रदान गर्नुभएको थियो।

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीलाई नेपालको स्वास्थ्य सेवाको क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा उकास्न खेलेकी प्रभावकारी एवं नेतृत्वदायी भूमिकाबापत वर्ल्ड लिडर बिजिनेस पर्सन सम्मानद्वारा पुरस्कृत गरिएको थियो।

आफ्नो संस्थामा नवीनतम, सुविज्ञ र व्यवस्थित वातावरणको सिर्जना गर्दै नेपाली स्वास्थ्य सेवाका फाँटलाई उकास्न मद्दत पुर्याएबापत उनलाई सो पुरस्कारले सम्मान गरेको वर्ल्डकबले जनाएको छ।

सो अवसरमा नर्भिकका पदाधिकारीका साथ कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहलाई पनि व्यावसायिक नेतृत्वमा सर्वोत्कृष्ट विषयक सम्मान प्रदान गरिएको थियो।
वल्र्डकबले आ–आफ्ना क्षेत्रमा विश्वव्यापी ख्याति प्राप्त गरेका र नेतृत्वदायी भूमिका खेलेका कम्पनी तथा व्यक्तिलाई सम्मानित र पुरस्कृत गर्ने गर्दछ।

सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दि वल्र्डकबको मुख्य उद्देश्य नै विश्वव्यापीरूपमा मूल्य र मान्यतामा आधारित व्यवसायहरूको प्रवद्र्धन गर्नु, तिनको पहिचान, सम्मान एवं अगुवा व्यवसाय तथा व्यावसायिक व्यक्तिको साख अभिवृद्धिमा सहयोग पुर्याउनु रहेको छ।

विश्वका १ सय ३० भन्दा बढी राष्ट्रमा दि वल्र्डकबका ३ हजारभन्दा बढी सदस्य प्रतिष्ठानको सञ्जाल रहेको छ। यो सम्मानले व्यवसायको नैतिक अभ्यासलाई प्रवद्र्धन गर्दै अनुकरणीय एवं अनुसरणीय व्यावसायिक उदाहरण स्थापित गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा तत्सम्बन्धी व्यवसायले निर्धारित मापदण्डलाई अनुसरण गरोस् भन्ने अभिप्राय राख्दछ।

वल्र्डकबद्वारा जारी सूचनाअनुसार स्थापित मापदण्डमा आधारित छनोट मापदण्डहरू जस्तैः व्यावसायिक अगुवाइ, सेवाको गुणस्तर, प्रभावकारी तथा गुणस्तरीय व्यवस्थापन प्रणाली, अभिनव र रचनात्मकता, संस्थागत सामाजिक उत्तरदायित्व, समृद्ध इतिहास, उत्कृष्ट चिकित्सा नैतिकताको अवलम्बन, बिरामी सुरक्षा, हस्पिटलजन्य सङ्क्रमणको नियन्त्रणलगायत रोग रोकथाम, निदान, औषधोपचार एवं उपचारका क्षेत्रमा हस्पिटलले हासिल गरेको उत्कष्ट नतिजा रहेका थिए।

स्वास्थ्य सेवाजस्तो जटिल क्षेत्रमा उत्कृष्टता हासिल गरेकामा दि वल्र्डकबले नर्भिक व्यवस्थापनलाई बधाई दिँदै भविष्यमा उत्कृष्टताको सगरमाथा चु
मोस् भन्ने कामनासमेत गरेको छ।

उत्कृष्ट स्वास्थ्य सेवाको रजत महोत्सव मनाइसकेको नर्भिकले नेपाली निजी क्षेत्रका हस्पिटलमध्ये सर्वप्रथम ‘ग्लोबल ग्रिन एन्ड हेल्दी हस्पिटल्स्’, अमेरिकाको सदस्यता प्राप्त गरेको थियो।

नेपालमै सर्वप्रथम आईएसओ प्रमाणीकरण र उत्कृष्ट प्रयोगशाला सेवाका लागि नबल प्रमाणीकरण पाउने नर्भिकले यसपूर्व युरोप बिजिनेस एसेम्ब्ली, बेलायतबाट उत्कृष्ट क्षेत्रीय हस्पिटल, नेपालको उत्कृष्ट इम्प्लोयर ब्रान्ड र जर्मनीको बर्लिनमा अन्तर्राष्ट्रिय क्वालिटी च्वाइस प्राइजजस्ता सम्मान÷पुरस्कार प्राप्त गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्