सिरहामा जबर्जस्ती करणीः कर्तव्य ज्यान मुद्दाको फरार पक्राउ



महेश सिंह, सिरहा ।

सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको भगवानपुरबाट खटिएको गस्ती टोलीले गाउँपालिका–३ का ३८ वर्षीय अजयकुमार यादवले आफ्नै घरमा लुकीछिपि बस्दै गरेकोमा विशेष सूचनाको अधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यादब जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा परेका थिए । यादवलाई ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्