तेह्रौँ साग: ४९ स्वर्णसहित नेपाल दोस्रो स्थान कायमै



न्युज अफ नेपाल, काठमाडौँ

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ । नेपालले आजका खेल सकिँदासम्म ५१ रजत तथा ८३ कास्यसहित कूल १८३ पदक जितेको छ ।

भारत पदक तालिकाको शीर्षस्थानमै रहेको छ । भारतले १४३ स्वर्ण, ८३ रजत र ४३ कास्यसहित कूल २६९ पदक जितेको छ । श्रीलङ्का ३६ स्वर्ण, ७६ रजत र १०७ कास्यसहित तेस्रो, पाकिस्तान ३० स्वर्ण, ३३ रजत र ४९ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३० रजत र ७५ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ तथा भूटान पाँच रजत तथा १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आज बक्सिङमा दुई तथा पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका:   

देश            स्वर्ण    कास्य     रजत      जम्मा 
१. भारत =         १४३      ८३           ४३         २६९  
२. नेपाल  =         ४९      ५१           ८३         १८३   
३. श्रीलङ्का  =    ३६       ७६          १०७        २१९ 
४. पाकिस्तान  = ३०       ३३          ४९          ११२    
५. बङ्गलादेश =  १९       ३०         ७५           १२४   
६. माल्दिभ्स   = १         ०           ३              ४  
७. भूटान       =  ०         ५           १३            १८  

प्रतिक्रिया दिनुहोस्