नगरपालिकास्तरीय फुटबल प्रतियोगिता बढैयातालमा सम्पन्न



विष्णु तिमिल्सिना, बर्दिया ।

बढैयाताल गाँउपालिकामा आयोजित जिल्लास्तरीय फुटबल प्रतियोगिता खेलमा गुलरिया नगरपालिकाले बारबर्दिया नगरपालिकालाई २ का विरुद्ध ५ गोलले पराजित गर्न सफल भएको छ ।

गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका बिच भएको खेलमा खेलको सुरुवातको ३ मिनेट मा गुलरिया न.पा.ले पहिलो गोल गरेको थियो । त्यसपछि लगतै ३, ६९ र ८० औ मिनेटमा गोल गरेर बारबर्दिया न.पा.लाई पराजित गरेको हो ।

त्यसै गरी राजापुर नगरपालिका र मधुवन नगरपालिकाको टिम विच भएको खेलमा राजापुर नगरपालिकालाई १ का विरुद्ध ७ गोल गरी मधुवन नगरपालिका विजयी भएको छ ।

बदिर्या जिल्लाका ८ वटै पालिकाको सहभागीता रहेको उक्त प्रतियोगिता मंसिर २८ गते हुने कुरा आयोजक समिति सचिवालय सदस्य सविन खनालले जानकारी गराउनु भयो ।

खेलकुद र पर्यटनको प्रर्वद्धन, बर्दियाको समर्पण’ भन्ने मुल नाराका साथ शनिवार देखि बर्दियामा पहिलो पटक जिल्ला भित्रका कार्यपालिका स्तरीय फुटबल प्रतियोगिता शुरुवात गरिएको छ ।

बढैयाताल गाँउपालिकाको कालिकामा रहेको कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा भएको यस प्रतियोगितामा विजेताले १ लाख रुपैया र उपविजेताले ६० हजार रुपैया पुरस्कारको राशी रहेको सो संस्थाका अध्यक्ष सुशिल चौधरीले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्