वीरगन्जमा सडक बिस्तारको माग गर्दै प्रदर्शन



कृष्णउदास खनाल, वीरगन्ज ।

सडक विस्तारको मांग गर्दै सोमबार वीरगन्ज बिकास युवा संर्घष समितीले प्रर्दशन गरेको छ ।

वीरगन्जको मुख्य सडक बिस्तारमा षडयन्त्र भएको भन्दै समितीले सोमबार पुनः वीरगंजमा प्रर्दशन गरेको हो ।संघर्ष समितिको पूर्व निर्धारित विरोधको कार्यक्रम अन्तर्गत वीरगन्जमा विरोध र्‍याली तथा धर्ना दिइएको संघर्ष समितिका सचिव संदिप बिक्रम साहले वताउनुभयो । वीरगन्जको घण्टाघरबाट शुरु भएको विरोध र्‍याली वीरगन्ज महानगरपालिकाको कार्यलयमा पुगी धर्नामा परिणत भएको थियो । महानगर कार्यालयको मुल गेटमा प्रदर्शनकारीहरु एक घन्टा धर्ना बसेका थिए ।

वीरगन्जको मुख्य सडक २५र२५ मिटर नतोड्न मुद्दाको पेशी सर्वोच्च अदालतमा ५ पटक सरेका कारण त्यस भित्र ठुलो आर्थिक चलखेल भएको संर्घष समितीको आरोप छ । वीरगन्ज नगरको सडक चौडा गर्ने बिषयमा करिब एक दशकदेखि आवाज उठ्दै आएको र बेला बेलामा वीरगन्ज महानगरपालिकाले प्रयास गरेको भएपनि त्यो सफल भएको छैन । पछिल्लो पटक घरधनीहरुले सर्बोच्चमा मुद्दा दायर गरेपछि सर्बोच्चबाट अन्तरिम आदेश जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्