पराजित भएसँगै महिला फुटबल टोलिका प्रशिक्षक हरि खड्काले दिए राजीनामा



न्युज अफ नेपाल, काठमाडौं ।

१३‍औं सागमा महिला फुटबल टोलि पराजित भएसँगै नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् ।

सोमबार भएको फाइनल खेलमा नेपाल भारतसँग २-० ले पराजित भएको छ । नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ । खेलमा पराजित भएपछि खड्काले आफूले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले भने, ‘गोल्डको टार्गेट लिएर हिँडेको हुँ । यो पुरा गर्न नसक्दा मैले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु ।’

फाइनलमा नेपालले पाएको अवसरलाई सदुपयोग गर्न नसकेको बताउदै खड्काले भने, ‘डिफेन्स र गोलकिपरबीच कम्युनिकेशन ग्याप भएका कारण गोल हुनपुग्यो । अर्को गोल पनि हाम्रै कमजोरीमा भयो’ । यससँगै नेपालको स्ट्राइकिङ जोनमा अझै सुधार गर्नुपर्ने खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्