दार्चुलामा ५ महिनामा ७ जबरजस्ती करणीका मुद्धा दर्ता



किरन धामी, दार्चुला ।

दार्चुलामा पाँच महिनाको अवधीमा जबरजस्तीकरणीका ७ थान मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को साउन देखी हाल सम्ममा जबरजस्ती करणीका ७ थान मुद्धा दर्ता भएका हुन् ।

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा जिल्लामा २ थान जबरजस्तीकरणीका मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

जिल्लामा साउन देखि हालसम्ममा १० जनाले आत्महत्या गरेका छन् । यस अवधिमा विष सेवन गरी १ जनाले, झुण्डिएर ७ र हाम फालेर दुई जनाले आत्महत्या गरेको प्रहरी निरिक्षक जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यानमार्ने उद्योगका मुद्धा २, भवितव्यका ४, फुटकर ज्यान मुद्दामा २ थान मुद्दा दर्ता भएका छन् ।

चोरीका ३ थान र केही सार्वजनिक अपराधका १२ थान मुद्दा दर्ता भएको उहाको भनाई छ । पाँच महिनाको अवधिमा जिल्लामा सवारी दुर्घट्नामा १ जनाले तथा भिरबाट लडेर १ गरी जम्मा २ जनाले ज्यान गुमाएका छन् । यस्तै अभद्र व्यवहारको १ थान तथा राजद्रोह विरुद्ध र खुन डाँकाका १/१ घट्नामा मुद्दा दर्ता भएको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्