मसलाबारी जोनको प्रस्ताव



अमृत अर्याल,स्याङ्जा ।

मसलाबारी जोनका लागि गल्याङमा झण्डै साठी समूहको प्रस्ताव आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई स्याङ्जा सुन्तला सुपर जोनले आह्वान गरेको प्रस्तावमा आइतबारसम्म गल्याङ नगरपालिकामा साठी भन्दा बढि प्रस्ताव आएको हो ।

विभिन्न वडाका कृषि समूहहरुले प्रस्ताव पेश गरेको गल्याङ नगरपालिकाका कृषि शाखा प्रमुख शिब ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश प्रस्ताव कृषि समूहले गरेका छन् ।

प्रस्तावहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई सुन्तला सुपर जोन स्याङ्जामा पठाइनेछ ।

स्याङ्जाका ११ पालिका मध्ये गल्याङ नगरपालिकालाई मसलावारी जोन कार्यक्रम सञ्चालन गर्ने तय भएपछि गल्याङका कृषक समूहले प्रस्ताव पेश गरेका हुन् ।

प्रस्तावमा अदुवा खेती सञ्चालन गर्ने उल्लेख गरिएको छ ।यसअघि गल्याङ नगरपालिकाले नगरवासीलाई वितरण गरेको अदुवाको विउबाट उत्पादन राम्रो भएपछि थप अदुवा लगाउन किसानहरु उत्साहित भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्