तिनाउ मिसन डेभलपमेन्ट बैंकद्वारा एकीकृत कारोबार शुरु



तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति आइतबार एकीकृत कारोबारको शुरू गरेको छ। यसअघि तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच मर्जर भई असार ३१ गतेदेखि मर्ज भई तिनाउ मिसन डेभलपमेन्ट बैंकको नामबाट कारोवारको शुरुवात गरेको थियो।

मर्जरपछि विकास बैंकको चुक्ता पुँजी १ अर्ब ६७ करोड रुपियाँ, निक्षेप संकलन १४ अर्ब १४ करोड, कर्जा लगानी १२ अर्ब ६७ करोड र बैंकका शाखा कार्यालयको संख्या ६२ वटा पुगेको छ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकको अध्यक्षमा टीकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदीप कुमार श्रेष्ठ र नायब प्रमुख कार्यकारी अधिकृतमा हरिप्रसाद घिमिरे रहनुहुनेछ।

 

प्रतिक्रिया दिनुहोस्