भिडियो गेम



रियाद, (एजेन्सी)।

अमेरिकाको फ्लोरिडास्थित नौसैनिक अखडामा गोली काण्ड मच्चाउने साउदी विद्यार्थीले शुक्रबार आक्रमण गर्नुअघि आम हत्या गर्ने भिडियो गेम खेलेको अमेरिकी सञ्चार माध्यमले जनाएको छ।

उड्डयन विषय अध्ययन गरिरहेका मोहमद अल्सामरानी नामक ती विद्यार्थीको गोली प्रहारको कारण तीनजनाको ज्यान जानुका साथै अन्य आठ जना घाइते भएका थिए। उनको पनि यस घटनामा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो। अमेरिकी नौ सेनाले उक्त आक्रमणकोबेला आफ्ना सेनाले अदम्य साहस प्रदर्शन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्