माछा खतरामा



पेरिस, (एजेन्सी)।

जलवायु परिवर्तन र कुपोषक तत्व उत्पन्न गराउने प्रदुषणका कारण महासागरमा अक्सिजनको मात्रा घटिरहेको र यसले माछाका कयौं प्रजाती खतरामा परेको एक शोधले देखाएको छ। प्रकृतिका लागि काम गर्ने समूह ‘आईयूसीएन‘को एक अध्ययनले यो तथ्य बाहिर आएको हो।

शोधकर्ताले कयौं दशकदेखि समुद्रमा पोषक तत्वको कम भइरहेको जानकारी गराएका तर जलवायु परिवर्तनका कारण स्थिति लगातार खराब बनिरहेको जनाएका छन्। सन् १९६० को दशकमा महासागरमा ४५ अक्सिजन कम भएका स्थान रहेकोे तर अहिले यो संख्या बढेर ७ सय पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्