हङकङमा विशाल र्याली



हङकङ, (एजेन्सी)।

महिनौंदेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको हङकङमा पहिलोचोटि आइतबार लाखौं व्यक्ति सडकमा ओर्लेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। गत अगस्टमा हङकङमा अभियोग लगाइएका व्यक्तिलाई मुख्य भूमि चीनमा सुपुर्दगी गर्ने प्रस्तावित विधेयकविरुद्ध विरोध प्रदर्शन शुरू भएको थियो।

सरकारले समर्पण गदै सो विधेयक औपचारिकरूपमै फिर्ता लिइसकेता पनि थप प्रजातान्त्रिक हक र अधिकारको माग गर्दै हङकङमा अझै विरोध प्रदर्शन जारी रहेको छ।
गत जुनयता पहिलो पटक प्रहरीले एक प्रजातन्त्र समर्थित समूह सिभदी ह्युमन राइटस फ्रन्टले आयोजना गरेको र्यालीमा यति धेरै संख्यामा प्रदर्शनकारीको सहभागिता देखिएको हो।

आयोजकले यस प्रदर्शनीमा करिब ८ लाखको सहभागिता रहेको दाबी गरेका छन् तर प्रहरीले भने यो संख्या १ लाख ८३ हजार रहेको जनाएको छ। यसैगरी प्रहरीले उक्त र्याली प्रारम्भ हुनुअघि ११ जनालाई गिरफ्तार गरेको तथा एउटा ह्यान्ड गन पनि बरामद भएको बताएको छ।

हङकङमा भइरहको यस प्रदर्शनले व्यापकरूपमा अन्तर्राष्ट्रिय किायको ध्यानाकर्षण गरेको छ। अमेरिकाको प्रतिनिधि सभामा हङकङमा प्रदर्शनकारीमाथि भएको दमनलाई लिएर विधेयकसमेत पारित भएको थियो। चीनले अमेरिकाको यस कदमको कडा आलोचना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्