काफ्ले समाजको नयाँ कार्यसमिति चयन



नेपाल समाचारपत्र, काठमाडौं।

काफ्ले समाज नेपालको १८औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनले गुणराज काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। समाजको शनिबार सम्पन्न अधिवेशनले कार्यसमिति चयन गरेको हो।

देशभरका काफ्लेहरूको सञ्जाल अब अन्तर्राष्ट्रिस्तरसम्म विस्तार गरेर बन्धुहरूबीच सद्भाव कायम गर्न आफूले सक्दो पहल गर्ने अध्यक्ष काफ्लेले बताउनुभयो। ‘हाम्रो सञ्जाल विस्तार तथा लोककल्याणकारी काम गर्न अबका दिनमा अझ चुनौती थपिँदै गएको छ,’ उहाँले भन्नुभयो– ‘चुनौती सामना गर्दै समाजका लागि आम्दानी हुने आर्थिक गतिविधिमा म कटिबद्ध हुनेछु।’

बूढानीलकण्ठ नगरपालिकास्थित भ·ालमा समाजको नयाँ भवन निर्माण गरिएको छ। यसलाई पूर्णता दिन बाँकी रहेकाले आफ्नो पहिलो काम यही हुने काफ्लेले बताउनुभयो। साथै, तनहुँको देवघाटमा काफ्लेहरूको साझा भवन ‘शन्डिल्य आश्रम’ निर्माण चरणमा छ। यसका लागि आवश्वक पुँजी संकलन गर्न बन्धुहरूबीच भेटघाट, सहकार्य र समन्वय गर्न जरुरी रहेको पनि उहाँले बताउनुभयो।

कार्यक्रममा समाजका संरक्षक नीलकण्ठ काफ्लेले अबको नेतृत्व तथा कार्यसमिति देवघाटमा निर्माण हुने आश्रमका लागि खटिनुपर्ने बताउनुभयो। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा खेमनारायण काफ्ले, उपाध्यक्षहरूमा कमलप्रसाद काफ्ले, लक्ष्मी काफ्ले, रामचन्द्र काफ्ले, नवदत्त काफ्ले, दीपेन्द्र काफ्ले, बाबुराम काफ्ले, शोभा काफ्ले, देवकृष्ण काफ्ले चुनिएका छन्। उता, महासचिवमा नवराज काफ्ले, सचिवमा रामकृष्ण काफ्ले, कोषाध्यक्ष मनमोहन काफ्ले, सह–कोषाध्यक्षमा दामोदर काफ्ले सर्वसम्मतले चुनिएका छन्।

प्रतिक्रिया दिनुहोस्