मिस पूर्वाञ्चलमा २१ को स्पर्धा



धरानमा हुँदै आएको मिस पूर्वाञ्चलको दशांै संस्करणको अन्तिम प्रतिस्पर्धीका रूपमा पूर्वका २१ युवती छनोट भएका छन्।प्रतियोगिताका लागि धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुस्मिता बराइली, निभेदिता राजभण्डारी, श्वेता पोख्रेल, मोनालिषा राई, शशी बिसंखे, सिमरन प्रधान, सिमरन लिम्बु, रतुवामाई इटहराबाट विपना तामाङ, उर्लाबारीबाट मिलिमा श्रेष्ठ, इटहरीबाट सुदीक्षा विश्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ र प्रिजनी नेपाल, खोटाङबाट एन्जल राई, पथरीबाट रिजु भट्टराई र रेजिना राई तथा धनकुटाबाट रेश्मा राई र अन्जु बुढाथोकी अन्तिम स्पर्धाका लागि छानिएका हुन्।

कोरियोग्राफर तथा ट्रेनर र मिस कस्मोपोलिटन वल्र्ड–२०१९ कि विजेता प्रियारानी लामाले प्रतियोगीहरूलाई अन्तिम स्पर्धाका लागि तालिम दिनेछिन्। प्रतिस्पर्धाको विजेताले मिस पूर्वाञ्चल–२०१९ को उपाधिसँगै २ लाख रुपियाँ नगद र अध्ययनका लागि यूएन कलेजको छात्रवृत्ति प्राप्त गर्नेछिन्।

त्यस्तै फस्ट र सेकेन्ड रनर्सअपलाई क्रमशः १ लाख र ५० हजार रुपियाँ प्रदान गरिने भएको छ। प्रतियोगिताको अन्तिम स्पर्धा आगामी पुस ५ गते धरानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्