सही सुचना समयमा प्रवाह गर्नु पनि मानवीय सहायता



न्युज अफ नेपाल, भक्तपुर ।

मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले भक्तपुरमा लैङ्गिक उत्तरदायी बिपद् जोखि ब्यबस्थापनका लागि संचारकर्मीसँग अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।

भक्तपुरका १५ भन्दा बढी पत्रकार सहभागी कार्यक्रममा म्यागका अध्यक्ष तथा अग्रज संचारकर्मी अनिता बिन्दुले कार्यक्रममा सहभागीलाई बिषय बस्तुबारे सहजीकरण गर्नुभयो ।

अध्यक्ष बिन्दुले समाजमा पछि पारेका वा पछि परेका महिला सहितका वर्ग समुदायका लागि बिपद्को बेला मानवीय सहायता प्रदान गर्दा पनि लैङ्गिक संबेदनशीलता अपनाउनुपर्ने बताउनुभयो ।

उहाँले बिपद्पुर्व ,बिपद्को समया सही सुचना समयमा प्रवाह गर्नु पनि सबैभन्दा ठूलो मानवीय सहायता भएको बताउँदै यस क्षेत्रमा भएका असल अभ्यासको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बिपद्लाई पत्रकारिताको एक बिटकै रुपमा स्थापित गर्नु अभियान थाल्नुपर्ने बताउँदै भक्तपुरका पत्रकारले समाचार सम्प्रेषणका क्रममा लैङ्गिक संबेदनशीलता अपनाउन सजकता अपनाएको उल्लेख गर्नुभयो ।
अध्यक्ष बुढाथोकीले महिला ,अपाङ्ग, दलित, जनजाती, सीमान्तकृत समुदाय बिपद्का बेला थप अरु बर्ग समुदाय भन्दा थप बढी जोखिममा पर्ने गरेको बताउँदै उनीहरुको मुलप्रवाहीकरणमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा म्यागका कार्यक्रम संयोजक अवन्तिका थापा, म्यागकै मेनुका बस्नेत, सहभागी पत्रकार रमेश गिरी, सोम शर्मा बजगाईं, लीला श्रेष्ठ, हरिसुन्दर छुकां, सन्जीव दुलाल, बिकास प्रहर लगायतले बिपद्का क्रममा भोगिएका अनुभव र समाचार सम्प्रेषणबारे अनुभव आदानप्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्