बंगलादेशलाई १-० हराउँदै नेपाल फाइनलमा



न्युज अफ नेपाल, काठमाडौं ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आइतवार भएको फुटबलमा नेपालले बंगलादेशलाई हराएको छ। दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले १–० को जित निकाल्दै भुटानसँग फाइनल पक्का गरेको हो।

भुटान ९ अंकसहित समूह उपविजेता भएको छ। नेपालका लागि खेलको ११ औँ मिनेटमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो।

बललाई सुन्दर गोलका लागि कप्तान सुजल श्रेष्ठले पास उपलब्ध गराइदिएका थिए। बंगलादेशविरुद्ध जित निकालेपछि नेपालले अब भुटानविरुद्ध मंसिर २४ गते स्वर्ण पदको रक्षा गर्न मैदान उत्रिनेछ।

भुटानले फुटबलको स्वर्ण पहिलो पटक जित्ने गरी प्रतिस्पर्धा गर्नेछ। शनिबार श्रीलंकालाई ३–० ले पराजित गर्दै भूटान ९ अंक जोड्दै फाइनलमा प्रवेश गरिसकेको छ । आजको जीतपछि शीर्ष स्थानमा उक्लिएको नेपालले १० अंक जाेडेको छ।

प्रतिक्रिया दिनुहोस्