गाउँपालिकाले दियो विद्यालयलाई बस



बुद्ध नेपाली

सिन्धुली, २२ मंसिर । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले एक विद्यालयलाई स्कुल बस दिएको छ । गाउँपालिकाले वडा नं. ७ स्थित जनज्योती माध्यमिक विद्यालय खुर्कोटलाई स्कुल बस दिएको हो ।

स्कुल बस एक कार्यक्रमविच गोलन्जोर गाउपालिका अध्यक्ष पुष्प बहादुर कार्कीले विद्यालयलाई हस्तान्तरण गरी संचालन समेत भईसकेको छ ।

सामुदायिक र निजि विद्यालय विचमा रहेको अविश्वासको खाडल पुर्न जनज्योती माविलाई स्कल बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।

‘सामुदायीक विद्यालयको पठनपाठनलाई निजि स्कुलसँग प्रतिष्पर्धी बनाई उत्पानदनमुखी जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता छ । शिक्षामा सबैको समान सहभागिता गराउदै शिक्षामा धनि, गरिव बिचको विभेद अन्त्य गर्ने अ‍ेपक्षा सहित बस दिएका हौ’ उहाँले भन्नुभयो ।

स्कुल बस संचालन भएपछि गोलन्जोर गाउँपालिकाको तल्लो बाराहा, माथिल्लो बाराहा, सुँगुरे लगाएत आसपासका गाउँका विद्यार्थी र रामेछापको मन्थली नगरपालीकाको सेलेघाट लगाएत गाउँका विद्यार्थीलाई विद्यालय आउन जान सहज भएको जनज्योती माध्यमिक विद्यालयका प्रधानध्यापक शत्रुधन यादवले बताउनुभयो ।

गाउँपालिकाले गरेको यस कार्यले सामुदायिक विद्यालय प्रतिको जनविश्वासलाई बढाएको छ,उहाँले भन्नुभयो‘सामुदायिक विद्यालयहरुका शैक्षिक गुणस्तर माथि सर्वत्र प्रश्न उठी रहेका बेला गाउँपालिकाले बस दिएर विद्यालयको शैक्षिक गुणस्तर बढाउन मद्धत गरेको छ । विद्यालय आउन सार्वजनिक सवारी साधानको भरपर्नुपर्ने विद्यार्थीको बाध्यता पनि अव अन्त्य भएको छ ।’

यस अघि यस क्षेत्रका विद्यार्थीहरु प्राय एक घण्टा सम्म हिडेर विद्यालय आउने जाने गर्दथे । कहिले काँही विपी राजमार्गमा र मध्य पहाडी लोकमार्गमा गुड्ने सवारी साधानमा पनि लिफ्ट मागेर विद्यालय आउने जाने गर्दथे ।

गाउँपालिकाको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा उर्जा थप गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पोखरेलले बताउनुभयो ।

सिन्धुलीको गोलन्जोर गाउँपालीकामा जम्मा ९ वटा माध्यामिक विद्यालयहरु रहेका छन् । गाउँपालिकाले दिएको बसका लागि आवश्यक डिजेल स्कुल आफैँले वेहोर्ने छ भने चालक, सहचालक तथा बसको मर्मत खर्च गाउँपालिकाले व्यहार्ने गाउपालिका अध्यक्ष कार्कीको भनाई छ ।

वि.सं. २००९ सालमा स्थापना भएको यस विद्यालयमा अहिले कुल ५ सय ४६ जना विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्