साग महिला क्रिकेटको स्वर्ण बंगलादेशलाई



न्युज अफ नेपाल, पोखरा ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको उपाधि बंगलादेश जितेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो ।

बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन् । श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार विकेट लिइन् । बंगलादेशले २ रनकोे रोमाञ्चक जित निकालेको हो ।

९२ रनको लक्ष्य पछ्याउन आएको श्रीलंकालाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो । हातमा दुई विकेट मात्र थिए । तर, बंगलादेशले ४ रन मात्र जोड्न सक्यो । अन्तिमका दुवै ब्याट्सउमन रन आउट भए । श्रीलंका ८९ रनमा अलआउट भयो ।

प्रतिक्रिया दिनुहोस्