साग पुरुष बास्केटबल : नेपाल सेमिफाइनलमा



न्युज अफ नेपाल, काठमाडौं ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलतर्फ नेपाल सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको समूह ए को खेलमा माल्दिभ्सलाई ७६-६२ ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

नेपालको लागि असिम श्रेष्ठले १८ स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्