भलिबल छाडेर ह्यान्डबलतर्फ उमा 



विजय नेपाली, पोखरा ।
नेपाली महिला ह्यान्डबल टोलीको मुख्य खेलाडी हुन उमा। ह्यान्डबलमा निकै जमेकी उमा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई फाइनलमा पुर्याएकी खेलाडी पनि हुन्।
शनिबार सम्पन्न सेमिफाइनल खेलमा आफ्नै खेलबाट असन्तुष्टि भएकी उमा ह्यान्डबल खेल्न थालेको ६ वर्ष बितिसक्यो। एपीएफबाट खेल्ने उनी भलिबलसमेत खेल्ने गर्थिन। आफ्नो उचाइ कम भएको कारणले नै आफू ह्यान्डबलमा आएको बताउँछिन्।
‘मैले एपीएफबाट भलिबल खेल्थें तर मेरो उचाइ कम भएकाले मलाइ समस्या भयो र ह्यान्डबलतिर आएँ,’ उमाले भनिन्– ‘साच्चै नै उमालाई भलिबलले भन्दा पनि ह्यान्डबलले अघि बढायो।’
‘ह्यान्डबलमा आएर मलाई दुःख लागेको छैन किनभने मैले प्रगति गर्दै छु, भलिबल पनि एकदमै मनपर्ने खेल हो तर भलिबलभन्दा फरक खेल हो ह्यान्डबल पावर, टेक्निक खेल हो अलि फुलपावर भएको खेल पनि हो, भलिबलमा धेरै फिजिकल गरेकै भएर बलियो भएको हुँ’ –उमाले भनिन्।
१३ औं सागमा नेपालको सर्वाधिक गोल गर्ने खेलाडी उमा गाउँबाट काठमाडौं पढ्नलाई झरेकी थिइन् पढाइसँगै खेलमा समेत निकै रुचि राख्ने उमा भलिबलमा समेत राम्रो खेलाडी भएकै कारण एपीएपबाट खेल्ने गरेकी हुन्।
अरू खेलाडीमा भन्दा बढी बल भएका कारणले गर्दा पनि उमालाई ह्यान्डबलतर्फ झन् राहत मिल्यो र पावर प्लेयरको रूपमा समेत चिनिने उनी अबको पुस्ता ह्यान्डबल नखेल्ने हो कि भन्ने चिन्तामा छिन्। ‘अब त खेलाडीसमेत पाइँदैन होला, सबै खेल हुने गरे पनि ह्यान्डबल भने निकै कम हुने गर्छ, हामीभन्दा पछि खेलाडी नै छैनन् राज्यले यसबारे सोच्न पर्छ’ –उमाले भनिन्।
खेलाडीलाई राज्यले जागिरको व्यवस्था गरिदिनुपर्ने उनले बताइन्। ‘विभागीय  टोलीबाट खेल्ने खेलाडीलाई केही मात्रामा भने पनि राहत छ तर अरू खेलाडीलाई भने केही छैन। सरकारी क्षेत्र भएकाले खान लगाउन पुग्छ तर कमाइ छैन राज्यले खेलाडीको लागि न्याय गरे, उत्कृष्ट खेल खेल्थें’ –उमाले भनिन्।
अवसर हामीले पाउँछांै, दक्षिण एसियामा नेपाल कम छैन मेडल टच हुन्छ तर हाम्रोमा खेलाडी आएन हामीभन्दा पछाडि नयाँ खेलाडी खासै आएका छैनन् त्यही भएर खेल हुन पर्यो तवमात्र धेरै अवसर प्राप्त हुन्छ उनले भनिन्।
बाहिर क्लब नै छैनन् खेल्छु भने पनि पाइँदैन त्यसैले गर्दा समस्या छ हामी सरकारी क्लबबाट खेल्ने भएको भएर हो। ‘अरूलाई छैन घरबाट रकम पठाएर पुग्दैन सरकारले जागिर खोजिदिन प¥यो खेलाडीको मनोबल बढाउन सके खेलमा लोकप्रियता आउँछ’ –उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्