टिजरमा द कर्मा



आगामी माघ १७ गते अल नेपाल रिलिज हुने फिल्म द कर्माको अफिसियल टिजर रिलिज भएको छ। टिजरमा नायिकाद्वय परमिताराज्यलक्ष्मी राणा र नीता ढुंगानाको साथमा नायक करण वशशशर्मा र अभिनेता बुद्धि तामाङलाई प्रस्तुत गरिएको छ।

टिजरअनुसार फिल्ममा नायिका राणाको भूमिका बोल्ड छ भने नायक करण वर्माले आफ्नो शारीरिक सुगठन देखाएका छन्। फिल्म देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्। जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्म्स् एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा जयराज राय, श्रीदेव बीएल र निशा खतिवडाद्वारा निर्मित फिल्म निर्माता रायले लेखेका छन्।

शारदा खड्का अर्याल सहनिर्मात्री रहेको फिल्ममा भारतीय कलाकारले समेत अभिनय गरेका छन्। नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा बनेको फिल्ममा देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारले पनि अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्