सल्यानमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित शिशुको मृत्यु



न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट सल्यान आउँदै गरेको एम्बुलेन्सलाई ना ८ ख ५४३२ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

छत्रेश्वरी उँपालिकामा भएको उक्त दुर्घटनामा परि छत्रेश्वरी गाउँपालिका–२ को दहगाउँका एम्बुलेन्स चालक चित्रबहादुर सुनार र नवजात शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ।

दंगिशरण गाउँपालिका–५ का तिलकराम खड्का र उनकी पत्नी मालती खड्का नवजातु शिशुका आमा र बुवा घाइते भएका हुन् ।

घाइते भएकाहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो साढे २ बजे बाँकेको राप्ती सोनारी गाउँपालिका २ को जिरो प्वाइन्टमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिएको हो ।

प्रतिक्रिया दिनुहोस्