चौलागाईको शैक्षिक जागरणको अभियान जारी, रामेछापका ७ हजार विद्यार्थीले पाए न्यान्यो कपडा



रामचन्द्र वि.क., रामेछाप ।

केहि वर्ष देखि गाउँ–गाउँका विद्यालयमा शैक्षिक जागरण लिएर हिड्नुभएका समाजसेवी भरत प्रसाद चौलागाईले यस वर्षको जाडो मौसममा पनि आफ्नो अभियानलाई निरन्तरता दिनुभएको छ ।

रामेछापको सुनपाति गाउँपालिका घर हुनुभएका चौलागाईले आफ्नै खर्चमा विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा र विद्यालयलाई कम्प्युटर सहित शुक्रबार लिखुतामाकोशी गाउँपालिकाको वडा नं. १ दुरागाउँका विद्यालयहरुमा पुग्नुभएको छ ।

नेपाली काग्रेस रामेछापका नेता एवं महाधिवेशन प्रतिनिधि समेत रहनुभएका चौलागाईले शुक्रबार दुरागाउँका ९ वटा विद्यलयका एक हजार दुई सय विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा (ट्याकसुट) वितरण गर्नुभएको छ । त्यस्तै दुरागाउँका विद्यालयलाई १० थान कम्प्युटर पनि वितरण गर्नुभयो ।

काग्रेसको नेता भए पनि चौलागाई विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दाको समयमा कुनै राजनीतिक भाषणमा जोड नदिई विद्यालयको भौतिक र शैक्षिक विकास नभएसम्म हामीले कल्पना गरेको शैक्षिक गुणस्तरमा सुधार नहुने भन्दै देश विकासको लागि सबैभन्दा पहिला शैक्षिक क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुहुन्छ ।

उहाँ पुग्नु भएका विद्यालयहरुमा आफू शैक्षिक क्षेत्रको विकासमा लागेकाले व्यक्तिगत खर्चमा दिएका शैक्षिक सामाग्रीमा कुनै पनि व्यक्तिगत स्वार्थ नभएको बताउनुहुन्छ ।

नेपाली कांग्रेसको नेतृत्वमा आएको प्रजातन्त्र र त्यसपछि नेपालमा ल्याईएको शिक्षा नीतिकै कारण अहिले नेपाली जनताका छोरा छोरीले विद्यालय गएर पढ्ने अवसर प्राप्त गरेको स्मरण गर्दै शैक्षिक क्षेत्रको सुधार पछि मात्रै सभ्य समाज निर्माण हुने भएकाले शैक्षिक अभियानलाई आफूले प्राथमिकतामा राखेर आफ्नै जिल्लामा हिडेको चौलागाईको भनाई रहेको छ ।

चौलागाईँले व्यक्तिगत खर्चमा अहिलेसम्म रामेछापका ६५ भन्दा बढी विद्यालयका करिब ७ हजार बढी विद्यार्थीलाई प्रत्यक्ष फाइदा पुग्ने गरी शैक्षिक सामाग्री वितरण गरिसक्नु भएको छ भने विद्यालयलाई कम्प्युटर, विद्युतिय हाजिरी मेसीन, सि.सि. क्यामेरा, शिक्षकलाई झोला, विद्यार्थीहरुलाई पोशाक, कापि कलम लगायतका सामाग्री वितरण गरिसक्नुभएको छ ।

विद्यार्थीलाई शैक्षिक समाग्री बितरण कार्यमा नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति रामचन्द्र खड्का, महाधिवेशन प्रतिनिधी अर्जुन केसी, बिनिता खड्का, कृष्ण महत, कांग्रेस नेताहरु युबराज भट्टराई, जितबहादुर मगर, काजी कार्की लगायत अन्य काग्रेस नेता तथा कार्यकर्ताको साथ रहेको शैक्षिक अभियान्त चौलागाईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्