पाँच महिनामा मात्र ६ लाख राजश्व संकलन



किरन धामी, दार्चुला ।

छोटी भन्सार कार्यालय दार्चुलाले चालु आर्थिक वर्ष २०७६/०७७ को ५ महिनाको अवधिमा ६ लाख २२ हजार ६ सय ४१ रुपैँँया राजस्व संकलन गरेको छ । चालु आवको साउन देखि हाल सम्ममा उक्त राजस्व रकम संकलन गरेको छोटी भञ्सार कार्यालय दार्चुलाका कार्यालय सहयोगी मोहन सिंह डोबालले जानकारी दिनुभयो ।

छोटी भञ्सार कार्यालय दार्चुलाले साउन महिनामा १ लाख ९२ हजार ४ सय ३६ रुपैँया, भदौमा १ लाख ४२ हजार ९ सय ९९ रुपैँँया, असोजमा १ लाख ३१ हजार ५ सय ११ रुपैँया राजस्व संकलन गरेको उहाले बताउनुभयो । यस्तै कार्तिकमा ५६ हजार ४ सय ३ रुपैँया र मंसिरको हाल सम्ममा ९९ हजार २ सय ९२ रुपैँया गरी ६ लाख २२ हजार ६ सय ४१ रुपैया राजस्व संङ्कलन भएको उहाको भनाई छ ।

मुख्य भञ्सार कार्यालय झुलाघाँट अन्र्तगत रहेको दार्चुला छोटी भञ्सार कार्यालयले विषेश गरी भारतबाट आयात हने वस्तुहरुमा निर्माण सामाग्री, चिनी, मिश्री, जुत्ता, चप्पल, लगायतका वस्तुहरुबाट बढी मात्रामा राजश्व संकलन गर्दै आइरहेको उहाले जानकारी दिनुभयो । चालु आर्थिक २०७६/०७७ को साउन देखी हाल सम्ममा संकलन गरेको राजश्व रकम गत आर्थिक वर्ष २०७५/०७६ को भन्दा ठ्याक्कै आधा छ ।

गत आवमा कार्यालयले ५ महिनाको अवधिमा ११ लाख ३५ हजार ८ सय २४ रुपैँँया राजस्व संकलन गरेको थियो । भञ्सार कार्यालयले चालु आवको साउन महिनामा सबै भन्दा बढी १ लाख ९२ हजार ४ सय ३६ रुपैया राजश्व संकलन गरेको छ, भने सबै भन्दा कम कार्तिकमा ५६ हजार ४ सय ३ रुपैया संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्