धमाधम पक्राउ पर्दै हुण्डी कारोवारी



शुभेन्द्र दास , लहान ।

हुण्डी कारोवारी बढेसँगै प्रहरीले उच्च सावधानीकासाथ अप्रेसन सञ्चालन गर्न थालेको छ ।

शुक्रबार ईलाका प्रहरी कार्यालयको एक अप्रेसनमा ४ जना हुण्डी कारोवारी पक्राउ गर्यो । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालले यस पटक मात्रै नभई यस्ता थुप्रै हुण्डी कारोवारीलाई तह लगाइसकेको जिकिर गरे ।

डिएसपी रिजालका अनुसार भगवानपुर गाउँपालिका वडा नम्बर १ बाट प्राप्त गोप्य सुचनाका आधारमा हुण्डि कारोवारीलाई पक्रन प्रहरी सफल भएको जानकारी दिए ।

पक्राउ पर्नेमा सिरहा , कर्जन्हाका ३२ बर्षिय उमेश कुमार महरा , लहान नगरपालिका वडा नं.१९ मा बस्ने २९ बर्षिय जिवछ कुमार साह , लहान नगरपालिका कै वडा नं. २० बस्ने ४० बर्षिय श्रीदेव महतो , सुनसरी , रामधोनी नगरपालिका वडा नं.९ बस्ने ३९ बर्षिय श्रवण कुमार चौधरी रहेको डिएसपी रिजालले बताए ।

डिएसपी रिजालका अनुसार प्रहरीले उनिहरुको साथबाट भारतिय रुपैयाँ ५लाख २९ हजार र नेपाली रुपैयाँ ४९ हजार र भारतिय नम्बर प्लेटको कार बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई आर्थिक अपचलनको केसमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्