माछा माछा भ्यागुतो



काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने नेपाली उखान उहिल्यै देखिको चर्चित हो। काम एकातिर कुरो अर्को तिर भन्ने उक्तिलाई मिलाएर उक्त उखान बनेको हुनुपर्छ भन्ने धरहराको निष्कर्ष हो। पाठक बृन्द यो धरहरा पनि गजव छ भन्ने भान परेको होला यसमा दुविदा हुनु पर्दैन। धरहराले प्रसंग जोड्न खोजेको चाहीं हालै सम्पन्न उपनिर्वाचनको हो

्। उपनिर्वाचनमा सत्ताको चास्नी चाख्दै आएको नेकपा विगतको बिरासतलाई जोगाउन नसकेर उत्तानो टाङ्ग लागेपछि चुनावी समीक्षाभन्दै बैठक डाकेर नेकपाले तमासा देखाउने निर्णयलाई धरहराले बढा गजवसँग अध्ययन गरेको छ।

जनताको पक्षका सिन्को नभाच्ने अनि चुनावमा पराजीत भएपछि त्यसको स्थानीय कमिटिलाई हार्नुको कारणबारे रिर्पोट बनाएर पठाउन उर्दी जारी गरेको देख्दा धरहरा आफंै बेहोस भएको छ।

जनताले नरुचाइएका उम्मेदवार उठाउन दावाव दिने, करको नाममा आतंक मच्चाउने केन्द्रमा बसेर मस्ती गर्ने हार्नुको कारण त निर्देशन दिनेहरूलाई नै थाहा हँदा हँुदै तमासा देखाउने निर्णय गर्नुचाही पक्कैपनि असली समाजवाद होईन होला नि कमरेड। आफैसँग प्रश्न आफैसँग उत्तर हुँदा हँुदै स्थानीय तहलाई प्रश्न गर्नुको औचित्य पुष्टी गर्न धरहराले चुनौती नै दिएको छ। यसको जवाफ दिन सकिन्छ त कमरेड ?

प्रतिक्रिया दिनुहोस्