गुगलका सहसंस्थापकद्वय जिम्मेवारीमुक्त हुने तयारीमा



सानफ्रानसिस्को, (एजेन्सी),

गुगलका सहसंस्थापक ल्यारी पेज र सेर्गेई बिन गुगल र अल्फाबेट कम्पनीको अध्यक्ष पद छोड्ने तयारीमा पुगेका छत्। पेज र सेर्गेइले प्रमुख कम्पनी अल्फोबेटको मुख्य कार्यकारी अधिकारी तथा अध्यक्षका रुपमा आफ्नो पदबाट राजीनामा दिनेछ। कम्पनीले जारी गरेको एक विज्ञप्तीमा दुबै कम्पनीको काम भारतीय मुलका कार्यकारी प्रमुख सुन्दर पिचाइले गर्नेछ। गुगलका कार्यकारी प्रमुख सुन्दर पिचाइले अल्फाबेटको मुख्य कार्यकारी अधिकारीको पद पनि सम्हाल्ने छ।

ल्यारी पेज र सर्गेइ ब्रिनले अब पारिवारिक दायित्व निभाउने समय आएको बताएका छन्। यद्यपि उनीहरू दुवै कम्पनीको बोर्डमा रहनेछन्।

२१ वर्षअघि अर्थात सन् १९९८ मा सिलिकन भ्यालीको एक कोठामा गुगल स्थापना भएको थियो। त्यसपछि सन् २०१५ मा कम्पनीमा धेरै नै ठुलठुला परिवर्तनहरू आए र अल्फाबेटलाई यसको प्रमुख कम्पनीको रुपमा निर्माण गरे। गुगल आजको विश्वमा सबैभन्दा ख्याति प्राप्त केही कम्पनीमध्यमा पर्छ।

अल्फाबेटको काम अनुसन्धानको दायरालाई विस्तार गर्दै आर्टिफिसियल इन्टेलिजेन्स तर्फ स्थापित हुनु र गुगलको काम अत्यधिक पारदर्शी र अधिक जिम्मेवारी बन्नु हो।
अल्फोबेट अस्तित्वमा आएका पछि ल्यारी पेज र सेर्गेइले यसको कार्यभार सम्हालेका थिए। नयाँ परियोजनातर्फ ध्यानदिनका लागि गुगलबाट मुल कम्पनीमा जाने फैसला गरेको उनीहरूले बताए।

तर मंगलबारको एक ब्लगमा ४६ वर्षका पेज र सेर्गेइले अल्फाबेटबाट टाढा रहने फेसला गरेको घोषणा गरे। उनीहरूले कम्पनीमा आबद्ध रहने र सेयरहोल्डर बनिरहने बताउँदै कम्पनीको प्रवद्र्धनमा परिवर्तन गर्ने प्राकृतिक समय आएको बताए।

प्रतिक्रिया दिनुहोस्