किताबमा डोनाल्ड ट्रम्प र मेलानियाको सम्बन्धको चर्चा



वासिंगटन, (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै कारणले धेरै चर्चामा रहने नेता हुन्। तर उनको यसपटकको चर्चा पत्नी मेलानियाका कारण भइरहेको छ। हुन त पत्नीकै कारण पनि ट्रम्प धेरैपटक चर्चामा आइसकेका छन्।

अमेरिकी प्रथम महिलालाई लिएर ‘फ्रि मेलानिया –द अनअथोराइज्ड बायोग्राफी’ नामक किताब प्रकाशित भएको छ। यसमा लेखेका लेख सामाग्रीले सनसनी फैलाइरहेको छ। किताबमा मेलानियाको आफ्ना पतिसँग राम्रो सम्बन्ध नभएको दाबी गरिएकोे छ। विगतका कयौं अवसरमा देखिएका तस्वीरले त्यस्तै देखाएको पनि छ। उक्त किताबकी लेखिका केट बेनेट हुन्। उनले लामो समयदेखि ह्वाइट हाउसका मामिलामा समाचार संकलन गरेकी छिन्। किताबमा मेलानिया आफ्नो सार्वजनिक जीवन र निजताबीच संघर्ष गरिरहेको उल्लेख छ।

मेलानियालाई शक्तिशाली महिलाका रुपमा किताबमा प्रस्तुत गरिएको छ। मेलानियाको पतिमाथि गहिरो प्रभाव रहेको छ। गत वर्ष ट्रम्पलाई सहायक राष्ट्रिय सुरक्षा एडभाइजर माइरा रिकर्डेललाई निकाल्नुपरेको थियो। किनभने उनी अफ्रिका भ्रमणका बेला मेलानियाका कर्मचारीसँग वादविवादमा फसेका थिए। पतिको फैसलामा प्राय मेलानियाको प्रभाव पर्ने गरेको छ। शासनसँग सम्बन्धित होस वा कर्मचारी व्यवस्थापनमा मेलानियाको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव हुने गरेको छ। यी मुद्दामा उनी ट्रम्पसँग दिनमै कयौंपटक कुरा गर्छिन्।

किताबमा मेलानियाको ट्रम्पकी छोरीसँगको सम्बन्धको पनि चर्चा गरिएको छ। अमेरिकी राजनीतिक तथा प्रशासनिक बृत्तमा ह्वाइट हाउसमा दुई प्रथम महिलाको ठट्टा हुने गरेको छ। एक मेलानिया, अर्की इवान्का। छोरी इवान्का प्रायः आफ्ना पिताको विदेश भ्रमणमा सँगै हुने गरेकी छिन्। महत्वपूर्ण अतिथिहरूसँगको भेटघाटमा उनी पनि सहभागी हुन्छिन्।

यी दुईजनामा एक अर्काेसँग राम्रो बन्ने प्रयास गरिरहेकी हुन्छन्। तर वास्तविकता त्यस्तो नभएर हरेक मामिलालाई लिएर भित्रभित्रै उनीहरूबीच खिचातानी हुने गरेको पाइन्छ। ह्वाइट हाउसमा ट्रम्प र उनकी पत्नीको अलगअलग सयन कक्ष छन्। पति–पत्नी अलगअलग बेड रुममै सुत्छन्। मेलानियाका लागि तेस्रो तल्लामा आफ्ना दुई कोठासहित लामो फराकिलो सुइटको व्यवस्था छ। उनले लगाउने लुगा पनि प्रायः अवसरलाई उपयुक्त हुने खालको नभएको किताबमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्