सावित्रा बनिन् सर्वाधिक गोल गर्ने नेपाली महिला फुटबलर



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सावित्रा भण्डारीले सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छन् । १३ औँ दक्षिण एसिया खेलकुद (साग) अन्तर्गत माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३७ औं गोल पूरा गरेकी हुन् ।

यस अघि अर्की खेलाडी अनु लामाले ३५ गोल गर्दै कीर्तिमान बनाएकी थिइन् । पोखरा रंगशालामा बिहीबार भएको माल्दिभ्सविरुद्धको खेलमा २ गोल गर्दै सावित्राले अनुको कीर्तिमान भंग गरेकि छन् ।

प्रतिक्रिया दिनुहोस्