जिप दुर्घटना हुँदा पाल्पामा २ जनाको मृत्यु



न्युज अफ नेपाल, पाल्पा ।

पाल्पाको तिनाउ गाउँपालिका–५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान ११ बजे लु१ज ४२०९ नम्बरको जीप सडकबाट करिब २ सय मिटर तल खसेको हो।

मृत्यु हुने दुवै पुरुष छन्। जीपमा के कति यात्रु थिए यकिन भइसकेको छैन। उनीहरुको सनाखत हुन अझै नसकेको प्रहरीले बताएको छ ।

प्रहरी टोली उद्धारमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्