४६ लाख ४४ हजार लागतमा ‘एफक्यान एक्सिलेन्स’ अवार्ड हुँदै



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धीसिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ। महासंघले बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी ४६ लाख ४४ हजार रुपियाँको लागतमा मंसिर २० गते गर्न लागिएको अवार्ड वितरणको सबै तयारी पूरा भएको जनाएको हो।

१२ औं राष्ट्रिय निर्माण दिवस–२०७६ को अवसरमा नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु¥याउने व्यक्ति, संघ–संस्था तथा फर्म÷कम्पनीहरूलाई अवार्ड मार्फत् सम्मान गरिने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो।

महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्धीसिद्धी सिमेन्ट (शंकर गु्रप) को मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको प्रमुख अतिथ्यमा हुन लागेको अवार्ड वितरणका लागि वरिष्ठ प्राविधिक विज्ञ डा. राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा ‘पुरस्कार तथा सम्मान मूल्यांकन समिति’ गठन गरिएको सम्मेलनमा जानकारी दिइयो।

उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा (क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग) को अलग अलग मूल्याङ्कनका आधारमा स्वर्ण, रजत र कास्य गरी १२ वटा कम्पनी पुरस्कृत हुने जनाइएको छ। साथै प्रदेश महासंघको सिफारिसमा घ वर्गका ७ वटा फर्म /कम्पनी प्रदेशगत रुपमा पुरस्कृत हुने भएका छन्।

विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी, भूगोलमा आधारित रही उत्कृष्ट काम गर्ने व्यवसायी, उत्कृष्ट प्रदेश निर्माण व्यवसायीलाई समेत सम्मान गर्ने महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्