नबिल बैंक र हस्तकला महासंघबीच सम्झौता



????????????????????????????????????

१७ औं हस्तकला टे«ड फेयर तथा १५ औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द« भाई शाक्यबीच सो सम्झौता भएको हो।

यस सम्झौतासँगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रबर्धन र संरक्षणको लागि सदा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले हस्तकला क्षेत्रको संरक्षण र उन्नतीको लागि नबिल बैंक सधैं भरी तत्पर रहने बताउनुभयो। यो सहकार्यले हस्तकला क्षेत्रमा आबद्ध भएका व्यक्तिगत तथा व्यवसायहरूलाई लाभ हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।

 

 

 

प्रतिक्रिया दिनुहोस्